ओहो! आज नारी दिवस पो है ?

(म किताब खोलेर एउटा विषयका बारेमा एस्से लेख्न व्यस्थ थिए । रातको यस्तै ११ बजे आएको मेरो साथीको मेसेजका कारण चार्जमा भएको मेरो फोनले भाइभरको रिङ्गटोनको सङ्केत दियो। मलाई आत्तुरता त थिएन मेसेज पढ्न तर के रहेछ त भनि खोली हेर्दा त्यहाँ एउटा मेसेज भेटे त्यो रहेको थियो-” नारी दिवसको अगृम शुभकामना”। एकछिन त मलाई हासो पनि लाग्यो किन कि वर्षको ३६४ दिन मलाई चौबिस घण्टा जिस्काएर हैरान पार्ने मेरा त्यस मित्रको रातको ११ बजेको त्यो खास मेसेज । अनि हाँस्दै लेखे , “हाहा! धन्यवाद, अनि मैले त बिर्सेछु भोली नारी दिवस पो हो है”? त्यसै, लगत्तै मैले ट्विटर खोले यसो हेर्दै जादा त्यहाँ एउटा ट्विटले मन छोयो । ट्विट ८ वर्षिया बलत्कृत हुने बलिकाको नाजुक अवस्था बारे थियो। फोटो हेर्दा मेरो मात्र हैन नारीलाई सम्मान गर्ने ति हरेक पुरुष जातीको पनि मन काप्छ होला र मलाई त्यसै ट्विट सँगै केहि शब्द आज भर्न अवस्य मन लाग्यो । फोटो हेरेर भरिएको यो मनले शब्दका दाना जस्ता म भित्र रहेका यि शब्दका बिउ अवस्य छर्न मन लाग्यो । )

यो पोस्ट सम्पूर्ण ति नारी उत्थानमा लागी परेका पुरुष जन र महिला भएर आफ्नो पनि अस्तित्व छ भनेर थाहा नभएका ति पिछडिएका महिलाका निम्ती समर्पित।

नारी भन्न साथ मैले सुरुमा बुझेको शब्द आमा हो। आमा नि नभनौ मेरा लागि आमु/ममी । तपाईंका निम्ती त्यस् को अझै फरक नाम होला तर मैले बुजेको शब्द र सुरुमा बोलेको शब्द नै एउटा महिला बारे रहन गयो जसले मलाई जन्म दिन भयो र यति ठुली बनाउन भयो । २१ बर्षको उमेर सम्म मैले आज सम्म नारि जाती जनाउने अनेकौ शब्दले दिमाग भरि सकेको छु ।

सानो छदा एङकरिङ्ग गर्न मन पर्ने मलाई, स्कुलमा नारी दिवसमा आर्टिकल लेख्न भनिन्थ्यो। म सक्दो मिलाएर लेख्थे र केहि वार मन्चमा प्रस्तुत गर्ने मौका पनि पाएको छु । तर त्यति बेलामा म लेख्थे तर एउटा मात्र भाव मनमा थियो-सबै भन्दा राम्रो लेखौ र सबैले मन पराइदिउन । आर्टिकल स्कुलको बोर्डमा टाल्लिनु मेरो लागि ठुलो कुरा बन्न जान्थ्यो तर मैले कहिल्लै त्यति बेला त्यस् लाई एउटा छुट्टी मक्कै भुट्टी बाहेक कुनै अर्थले अर्थ्याउन चाहिन । लेख्दा म मेरी आमा जो आफै नारी हुनु हुन्छ वहाँलाई सोध्ने गर्थे । कही कसो मेरो ममीमा पनि साहित्यको भाव थियो। कविता लेखन देखी थुप्रै कुरा मैले मेरो आमाबाट नै सिक्दै आएको थिए । स्टेजमा मकै भुटेको जस्तो गरी पटरर बोल्न मलाई निकै सजिलो थियो किन कि म त्यसरी लजाएर बस्ने मध्यमा पर्दिन पनि थिए ।

उमेर बित्दै गयो,८ क्लासमा “Equality-इक्वालिटी” शब्द मैले सोसल स्ट्डिजमा एउटा लेसनको रुपमा सिके।त्यसको अर्थ मलाई मेरा गुरुले नारी-पुरुष एकै रथका दुइ पैया हुन,त्यस कारण उनिहरु बराबर हुन भनेर प्रस्टाउनु भयो । म त्यति बेला केहि अचम्मित भइन किन भने मेरो घरमा पुरुष सन्ख्या भनेकै १ हो । मेरो घर नारीले भरिएको कारणले होला मैले किन त्यस्तो हो भनेर बुज्न पनि सकिन । छोरी-छोरी भएको घरमा “Equality-इक्वालिटीको” अर्थ मैले बृस्तृत रुपमा बुज्न पनि सकिन किन भने मलाई जति दियिन्थ्यो दिदीलाई पनि त्यति नै तर प्रश्न तब उठ्यो जब म मेरो साथीहरु जसको कसैको दाई या कसैको भाई थिए उनिहरुले आफुले त्यसको अर्थ बुझेको बताए पछी म अच्म्मित भए ।

के रैछ भनि बुज्दै जादा,घरमा दाई-भाईलाई अलि बढी इम्पोर्टेन्स दियिन्छ रे भन्ने कुरा सुनेर छक्क परे। म सानोबाट नै हाइपोथेटिकल प्रश्न गर्न रुचाउने भएर घरमा ममीलाई फेरी सोधे-“ममी तपाईंलाई मामा भन्दा अलि कम इम्पोर्टेन्स दियिन्थ्यो हो”भन्दा ममीले “हो” भनि जवाफ दिन भयो । पुन: सोधे ममी के दिदी दाई भई दिएको भए तपाईं पनि त्यसै गर्नु हुन्थ्यो ? ममीले फेरी मलाई हैन म त तिमीलाई उति नै व्यव्हार गर्थे भन्ने जवाफ दिन भयो। सोचेको भन्दा भिन्न जवाफ पाएर म प्रफुल्लित पनि भए ।

उमेर बित्दै गयो,यो दिव्या नारी नभए पनि बिस्तारै टिनएजको छेउ-छेउमा पुग्दै गयी । लाजले मलाई समात्दै गयो,मैले आफुलाई अरुका अगाडी कम देखा पार्न थाले। यानी मैले एङकरिङ्ग र आर्टिकल लेख्न छोडिदिए । पछी जब म १२ क्लासमा पढ्थे तब एउटा विज्ञापन हेरे त्यहाँ फेमिनिजम बारे निकै चर्चा गरिएको थियो । माधुरी दीक्षितले भन्दै थिइन “हामीले केटा मानिसलाई तिमी रुने होइन भनेर सिकाउने होइन तिमीले रुवाउनु हुन्न भनेर सिकाउन ठीक हो” ।

अनि मैले फेमिनिजम बारे थाहा पाए पछी धेरै आर्टिकल्स खोजी-खोजी पढे ।आफुलाई फेमिनिस्ट भन्न म रुचाउदिन किन कि “Femine-फेमाइन” शब्द आफैमा एक महिला जातीलाई मात्र दर्साउने शब्द लाग्छ मलाई । मैले यस बारे एउटा स्लाम पनि लेखेको छु!

Link: https://deevyaa1996.wordpress.com/2018/01/07/feminism-equality/

मलाई आफु फेमिनिस्ट भन्दा पनि आफु इक्वालिटीमा बिश्वास गर्ने मान्छे हु लाग्छ । फेमीनिजमले इम्पावोर्मेन्ट प्रोसेसलाई दर्साउछ भने इक्वालिटीले इम्पावोर्मेन्ट भई सके पछीको अवस्था झल्काउछ । पर्यावाची नभए पनि एउटा हुँदा अर्को हुने जस्तो । ठ्याक्कै मैले खिचेको यो फोटो जस्तो हेर्नुस त!

Instagrammed it long ago!

त्यस पछी मैले नारीलाई दर्साउने गरी बनाइएका मुभी, बूकहरु खोजी-खोजी हेरे र पढे। व्याट्प्याडमा पनि छोटाकथा धेरै पढे । आज सम्मको सबै भन्दा मन छोएको मुभी भने मलाई “Hidden Figures-हिडन फिगर्स” लागेको हो । त्यो मुभि एउटा वुमन ओरिएन्टेड मुभी हो । तीन जना महिलाले नासाको स्पेस लन्चिङमा पुराएको बुद्धीका बारे त्यस मुभी आधारित छ । त्यो मुभी पछी म चकित परे अनि म बल्ल वास्तविक्तामा झरे । ओहो! संसार कहाँ छ है ? अनि म कहाँ ? मलाई साह्रै नराम्रो फील पनि भएको अवस्य थियो किन भने मैले फेरी केहि समय पछी अर्को एउटा युटुभमा लाईभ भिडियो हेरे । भिडियो फेरी पनि नासा समन्धी नै थियो,त्यहाँ एस्ट्रोनट अन्तरिक्ष्य देखि पृथ्वीमा प्यारासुटमा अवतरन गरिरहेका थिए । त्यो भिडियो हेरेर मलाई झनै हिन्ताबोध भयो, लाग्यो ओहो! कहाँ छ यो वोर्ल्ड अनि कहाँ म र हाम्रो नेपाल!

अब म तपाईंलाई यि सबै भूमिकाको कुरा छोडेर वास्तविक्तामा धकेल्छु । यहाँ एउटा एगोनी जस्तो हुने मेरा केहि शब्द भए मलाई माफ गरी दिनु होला है ।

आज नारी दिवस्, भव्यताका साथ केही मन्त्री ज्युहरुबाट कार्यक्रम बिमोचन देखी,कही र्याली देखी, कही क्लबमा केटिको मात्र गीत बजाएर मनाइन्छ । हो, एक दिन आउछ सायद मनाउन जरुरी पनि होला, सबैलाई । तर के हामीले त्यस एकदिनले दिने पाठ यो समाजमा प्रस्ट रुपले लागु भएको पौउछौ त ? सायद पाउदैनौ है ? सायद नै नलेखौ, पाउदै पाउदैनौ । तपाई मान्नुस या नमान्नुस ।

कुरा गरौ पब्लिक ट्रान्स्पोर्टेसनको । अब तपाईं मलाई यो नभन्नुस,बसमा त्यो महिला सिटमा महिला बाहेक कोही बस्दैनन त बाइ! हो, मलाई थाहा छ बस्दैनन तर के त्यही बसमा तपाईंले अर्को हृस्शा देख्न भएको छैन ? छैन भने तपाईंको आखा कि अन्धो कि मेरा ति साथि र म स्वयमका अनुभब गलत । महिला-दिदी-बहिनी तपाईं यदि कोही वृध्हलाई उठाएर आफु सिटको मजा लिरहनु भएको हो भने तपाईं मलाई त्यहाँ गलत लाग्छ त्यो भन्न पनि म पछी पर्दिन तर म जिन्दगी पब्लिक बस नचडनु पछाढि रहेको यो तितो सत्य कसले बुज्ने ? म न्याय माग्न जाउ चै कहाँ ?? त्यो छोटो दुरीको नै किन होस् या लामो दुरीको त्यो घम्साघम्सी भएको गाडीमा म र मेरा शरीरलाई अनेक-अनेक ढङ्गले जानेर अनि बुझ पचाएर छुनेलाई मेरो प्रश्न- आखिर पाउनु भयो के ? म जस्ता अनेकौ कलेज जाने केटि किन नहुन या केटाकेटी बोकेका ति अरु महिलालाई तपाईंको स्पर्षले फरक के भयो ?? त्यति छुदैमा लाग्दैन म तपाईंको भईगएको हो या अरु महिला तपाईंकी भैगएकि हुन तर किन ? ? आखिर कहिले सम्म ? ? ? मलाई मोलेस्ट हुन छैन र हजारौसँग वादविवाद गर्न पनि छैन त्यस कारण म पब्लिक बस बिरलै बर्षमा एक चोटी जस्तो पनि प्रयोग गर्दिन । मैले सम्भव भए सम्म गरुला तर अरुलाई गाह्रो-साह्रो परेको र ति छुवनले नराम्रो बनाएको फीलको भर्ती गर्दिने को ? यसै सन्दर्भमा मेरो एउटा केटि मित्रको एउटा ट्विट हेर्नुस!

Friend’s Experience about Public Transportation.

अर्को स्पेसल फिचर नेपालमा, रजस्वलाको लाग्छ,मलाई। म प्रिभिलेजमा जन्म लिन पाएकोमा आफुलाई लक्कि फील गर्छु किन कि ति चार दिन मलाई कहिल्लै जिन्दगीको चार कालो रात लागेन। त्यसका लागि म मेरा आमा-बुवाको नया सोचलाई सलाम गर्छु । तर दिन-दिनै जस्तो समाजिक सन्जालमा देखिने ति अनेकौ पोस्टहरुले मेरो मन काम्छ । छौपाडीका कारण एक महिलाको मृत्यु, कही कतै बलात्कारका घटना जस्ताले मलाई यि सबै कुराबाट,यो सोध्न मन लाग्छ । के यो जरुरी हो ? ति चार कालो रात किन बनाइएको हो ? जस्तै एक पुरुषका हरेक कुरालाई बहिर उछालिन्न त्यस्तै रजस्वलालाई पनि किन बनाइएन ? त्यहि घरको घरमुली जो नारी हुन्छे उसले किन आफ्नो छोरीलाई त्यही पिडाको भागेदार बनाइरहेकी हुन ? तपाईं महिला भएर आफैले आफ्नो छोरीलाई आफु जस्तै पिडामा किन धकेल्दै हुनुहुन्छ ? यहाँ कोहि धर्म ग्रन्थी बनी मलाई गाली गर्न आउनु हुन्छ भने म तपाईंलाई अरु केहि जवाफ दिन सक्दिन किन भने म तपाईं जतिको जान्ने बुज्ने अवस्य हैन । तर मलाई गीताको सार मज्जाले याद छ, “जब-जब संसार परिवर्तन चहान्नछ तब परिवर्तन हुन पदर्छ”। यो मेरो वाणी हैन भागवान श्री कृष्णले बोलेका वाणी हो । अनि म यो नि सोध्न चाहान्छु यदि मैले ति चार दिनमा छोएका अचार बिगृने, पानीको ट्यांकी बिटुलो हुने, दराजको सुद्धिकरण सुन पानीले गर्नु पर्ने भए म त महिनाको ३० दिन यानी बर्ष भरि अछुत जाती हैन त ? होनी, किन होइन ? सोच्नुस त त्यति बेला बग्ने रगत पनि त मेरै शरीरको नै हुन्छ होइन र ? ? त्यति बेलाको मेरो त्यो रगत र अरु २६ दिनमा भएका रगतको के फरक छ ? सोच्नुस,कही-कोही दुर्घटनामा पर्नु भयो अनि म मेरा ति चार दिनमा छु रे! के अब मैले रक्तदान दिए ति मानिस बिटुलो हुने हो ? अब तपाईं के त्यो दुर्घट्ना भएको मानिसलाई पनि छुनु हुँदैन ? यो प्रथालाई अझै उचाल्न एउटा घर मुली नै धेरै लागि परेकी हुन्छिन। वहाँलाई मेरो प्रश्न,”तपाईंलाई घाउ भयो भन्दैमा सधै सबै तपाईंका पुस्तालाई घाउ हुन जरुरी छ” ? सोच्नुस त, तपाईं म जस्ता ति अनेकौ बिदेशी महिला जो स्विमर छन्, जो नेता छन, जो विद्वान् छन,के वहाँहरुले रजस्वला नबारेर पाप गरेका छन त ? छन जस्तो मलाई लाग्नदैन किन भने,नभए त पापको परिनाम पाउनु पर्ने नि । आखिर हामीलाई थाहा छ त “Karma is a bitch-Karma hits back- पाप धुरीबाट कराउछ” । किन त्यहाँ चै कराएनं ? यहाँ नेपालमा मात्र कराउने होर ?? त्यहाँ चै बिस्तारै टिरिरी मुरली जस्तो कराउने अनि यहाँ चै ब्यान्ड-बाजा-बारत जस्तो कराउने होर ?

नारी दिवसका दिन नारीलाई नै मेरो गाली । तपाईहरुलाई तपाईंको छोरीको बिहे गर्न किन यति हतार हुन्छ ?हालसाल मैले एउटा स्ल्याम कविता सुने -“पुजा सच्देवको”। त्यहाँ सबै भन्दा मन परेको लाइन” बेटि पचाओ,बेटि पढाऔ और जाके उने किचन मे बेठावो, ओपिनियन देते है तोह थप्पड लगाओ ” यानी पढेकी छोरीलाइ आखिरमा तपाईले धकेल्ने किचेन नै पो रहेछ । धन्यवाद, पुजालाईइ त्यति मिठो कविताका लागि । ईन्डिया र नेपाल दुवैका ट्याबु उस्तै-उस्तै भएका कारणले गर्दा होला उति नै सान्दर्भिक सुनियो त्यो पनि। थकित भएर अफिस गएर आएकी ति महिला किन नहुन या घर बस्ने समाजका अनुसार केही नगर्ने ति महिला किन नहुन आखिर सबै काम उनले नै किन ? त्यहाँ पुरुष सहभागिता किन भएन खै ? मलाई पनि अचम्म लाग्छ । धेरैलाई यो पढेर रिस उठीरहेको होला, तै होलास मोडर्न जस्तो सोच पनि अवस्य आएको होला तर तपाईं आफै महिला भएर सोच्नुस अनि बुझ्न हुन्छ, त्यो कुरा । गल्ती त म महिला कै देख्छु, अनेकौ बहाना र घुर्की गर्न आउने महिलाले ति गुलाबो ग्यान्ङ जस्तो यहाँ चै किन भात नपकाउने ग्यान्ङ किन खोलेनन खै ? ? सोच्नुस त ? ?

अर्को प्रचलित मर्दांगी हो । मर्द हुनुको अस्तित्व देखाउन ति नर पिचास भन्दा पनि बत्तर ति बलत्कारीलाई मेरो शब्द कम,रिस बेसी हुन्छ। विश्व भरीको रेप इस्स्यु सुन्दा मलाई दिक्क लाग्थ्यो । कसम मैले डाटेकी होइन त्यसका लागि एउटै दण्ड छ,त्यो हो उनिहरुलाई पनि त्यही पिडा भोग्न दिनु । खैर्, नेपालका कानुन कसले जानुन । के विश्वको रेप प्यात्रण यहाँ पनि मिसृत हुन जरुरी होर ? विश्वबाट अरु केही पाठ नेपालीले सिक्न नसकेकै हो ? ? के ति सानी आठ बर्ष कि बालिका बलत्कृत हुन जन्मेकी हुन ???? र ति अनेकौ बलात्कारका कहाँनी सुन्न के नेपाली सबै जन्मेका हुन???? भन्नु होस त ????? बलात्कारका ति घटनाले हामीलाई कस्तो छाप छोडेको छ, त्यो सोच्नुस! अनि,एक चोटी आखा चिम्म गर्नुस, मात्र सोच्नुस तपाईं त्यो बालिका या ति बालिका तपाईंको आफ्नि छोरी । सक्नु हुन्छ त्यो पिडा भोग्न र मात्र सोच्न पनि ? त्यसो भए,किन मनाइएको यो नारी दिवस एक दिनका निम्ती देखावटि गर्न ? कृपया तपाईंको र मेरो त्यो रेज मेरो यो ट्विट जस्तो सिमित नहोस ।

What I feel, shared in Twitter.

तपाईलाई कसैले अलि कति पनि गलत नजरले हेर्छ या केहि नराम्रो लाग्ने कुरा भन्छ भने आफ्नो आवाज उठाउँन पछाडि नहट्नुहोस । घरको इज्जत उछालिन्छ भनेर समाजमा बिद्यमान ति नर पिचासी दण्ड भोग्न पर्ने कामलाई पछाडी नलुकाउनु होस । बोल्नु होस, आवाज उठाउँनु होस किन कि आज जे तपाईंको घरमा भयो त्यो अरुको घरमा नहोस भनेर । तपाईको समाज राम्रो र उद्यमशिल भए मात्र तपाईंको घर राम्रोमा गनिने हो , त्यो कुरा चेतना भए!

अर्को पनि हृन्सालाई म प्रस्टाउन चहान्छु । त्यो हो घराएसी हृन्सा । बोलीले होस या हातले हृन्सा हृन्सा नै हुन्छ । यहाँ मैले अधिकांस महिला चुप बसेको भेटेको छु र नजिक बाट यि कुरा निहालेको छु । तपाईका निम्ती मेरो अरु केहि शब्द छैन मात्र छ म सँग यो चित्र जुन आफैमा एउटा बुलन्द उधाहरण हो!

Found in someone’s instagram story.

रक्सीखाने अनि स्वस्स्नी कुट्ने ति लोग्नेबाट पीडितलाई म यो भन्न चाहन्छु तपाईंको आवाज कहाँ गयो ? कसैले तपाईंको आफ्नो निजी आवाज तपाईंबाट हटाउन सक्दैन। आउनु होस, तपाईं,म जस्ता ति महिलालाई आवाज उठाउँन सिकाउवौ,ताकी उनिहरु पीडित नबनुन !
ति पुरुषलाई मेरो मात्र यति बिन्ती एउटा राम्रो समाज एउटा राम्रो परिवारबाट बन्छ । तपाईको परिवार डुब्दै छ, बचाउनु होस् किन कि ति साना केटाकेटीले त्यही संस्कार आफ्नो अगाडी जिन्दगीमा झल्काउने हुन । चेतना भए ।

जता-ततै स्लोगन नै स्लोगन। ए! ३३ प्रतिसत महिला रे!! हैन, म यो बुझ्दिन किन महिला सहभागीता थोरै ? किन ३३ ? किन ५० भएन ? ? आखिरमा यदि ३३ प्रतिसत हो रहेछ भने किन मलाई “Equality-इक्क्वालिटी” पढाउदा नेपालको सोसल स्तडीजमा तिमीले पाउने भन्या ३३ प्रतिसत नै हो है भनेर किन सिकायिएन ? महिलाले भरिएको यो जन्सन्ख्यामा हामी ३३मा सिमित किन भयौ ? ?

ति महिला भएर या पुरुष भएर पिछडिएका महिलाका निम्ती “NGO-INGO मा” सम्मेलित र समाजका लागि काम गरिरहेकालाई मेरो नमन । कोही घरमा रिभलुसन लेराउने छोरीलाई मेरो नमन । कोही आमा भएर आफ्नि छोरा-छोरीका निम्ती आफ्नो श्रीमानको अगेन्स्टमा बोल्ने ति आमालाई मेरो नमन । मेरो नमन क्रमस ति सबै हिरोजहरुलाई जसले परिवर्तनको फुल फुलाउन खोज्न भयो । विषेश धन्यवाद मलाई प्रेरित गर्ने मेरी आमा उषा पराजुलीलाई पनि । आज म यो केहि सङ्कोच नमानी लेख्छु किन कि मेरी आमा मलाई गाली गर्दिनन यसका निम्ती, उल्टो ताली पिट्दै मलाई थपथपाउछिन । यसरी हौसाइदिएकोमा मेरी आमालाई सलाम ।

मेरो यो पोस्ट पढेर म बारे अनेकौ टिप्पनी गर्नेलाई म केहि भन्न सक्दिन । म नराम्रो केहि चाहन्न एक दिन मनाइने यो नारी दिवसको सही अर्थ समाजले बुझोस भन्ने मेरो धारणा हो । रेस्पेक्ट शब्द लेख्न जति सजिलो छ त्यति दिन गाह्रो छ, यो कुरा सबैले बुजिदिन भयो भने सायद सबैले दिदा-दिदा रेस्पेक्ट दिन गाह्रो नपार्ला । र नारीले पनि नारी दिवसको सही अर्थ बुझून । एक् दिन मात्र हैन यो समाजलाई सच्चि कै रथका दुइ पैयामा तपाईं र पुरुष त्यति नै भागेदार छन भन्ने कुरा नभुल्नु होला । तपाईको पनि महत्व झल्काउने काम अवस्य गर्नु होला । मेरो शुभकामनामा मात्र सिमित नबभएर धेरै टिप्पनीमा सिमित यो पोस्ट पढेर सयाद तपाईंको ओठमा मुस्कान आयो होला । मैले नराम्रो कही भनेको छु जस्तो लाग्दैन म परिवर्तन चाहन्छु त्यस्तो परिवर्तन जहा एउटा महिला साच्चैमा देवी र पुरुष साच्चैमा देव भउन । मैले औलाएका समाजमा बिद्यमान, मैले भोगेका आफ्नै कथा र सुने-देखेका कथा कुनै दिन यस्तो पनि हुन्थ्यो है मा सिमित भई जावोस । आखिर एउटै सिक्काका दुइटा पाटा कहिल्लै फरक कही कतै पनि नहोस, मेरो नारी दिवसमा यही छ शुभकामना !!

——–दिव्या घोरासैनी———-

Advertisements

10 Comments Add yours

  1. deevyaa1996 says:

    Its not the english that is jpt its your genuine heart ko kura is attractive one. Glad that you feel the same alike me in many ways. But yes, humans dont even love dogs ani betrayal is sth that runs in everyone’s blood these days.

    Like

  2. sinister0o says:

    Revolution in the name of humanity , they pat dogs in the streets but stab their dearest friend so how in the world the change would occur, i had these questions from a long time back, humans ?? are we?? . Sure would love to read the articles from you … as they say ” random act of kindness” thats what we need 🙂 and a level of understanding as humans 😀 jpt bho jasto cha english ta !! maaf paaun 😀

    Like

  3. deevyaa1996 says:

    Bro, mostly we have done nothing in praising the real self or even other. Forget about revolution. We havent started a even a ounce of change the same old theories is what we surmise. Hope we get to start a change and bring a revolution here in Nepal as well. I shall be writing more about the deeds we human do and may be this is somehow my way of imagining about a revolution in our daily deeds

    Like

  4. deevyaa1996 says:

    I wish to learn from you a lot and lot mama. For me you are that my most senior friend. We are so diversified with our talk either in phone or message or time when we meet. Hope to meet you soonest mama. And yeah, your comment somehow summed up my article.

    Like

  5. sinister0o says:

    although not related to me but i want to ask respectfully , Human kind never understood who he she is ?? or is it they never tried to understand?? Also i want to add up, is what we are doing enough to revolutionize , or yet start change ..

    Like

  6. Damodar Lamichhane says:

    This celebration of women’s day is a big show only. Man has never understood what he or she is. Except some body function of man and the woman there is no difference between these two genders of the nature or the God. Woman is definitely is the total representative of the Mother Earth, that is why she is carrying two half globes of earth on her chest, we call them breaths, to provide all the nourishment to the child she gives birth and provides all the nutrcious food through her milk to the baby.
    Except child bearing and feeding them for certain time there is should not be any difference between the man and the woman. I for one have had a complete different view point in this regards and participated and every house hold works. So does my son. But it is not digestible to the men folk as they have been conditioned right from the childhood , so are the girls as well to diffentiate between two genders. So it will take a long long time to bring in the desired change. It has to start from women and from each and every family first and then the educational institutions.
    To do that the society must have proper test rooms all over the country so that the girls also can relieve the natural call comfortably when ever the need arises. That will bring the greatest change in the dressing. And that will be the beginning of the revolution.
    Well Divya if you want to know my view points in this regards we will have to spend hours together to talk and listen patiently. So much so far.
    With Regards
    Damodar

    Like

  7. sinister0o says:

    the words u choose the topics u drag and the revolutionary thoughts u have .. lets make this world a better place..where women are on one side and men on other and we can say LHS=RHS 🙂

    Liked by 1 person

  8. sinister0o says:

    bro !!! thats awesome !!!

    Liked by 1 person

  9. Admirer says:

    Speechless work Divya.
    You are that burning star in my eyes. Good with evidence placement too. Liked it very much.
    But why didnt you reply my another comment of Brown Eyes. Reply gara na ya like matra bhaye ni its a signal for me. Genuine request accept gara na.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s